बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

म्याडोनाजस्तै देखिनका लागि ५० लाखको सर्जरी

शुक्रबार, २८ जेठ २०७३, १९ : २८
शुक्रबार, २८ जेठ २०७३
न्युयोर्क – मनपर्ने सेलिब्रेटीलाई लिएर मानिस कति हदसम्म आर्कषित हुनसक्छन् । यसका लागि एडम डेनियलको उदाहरण हेरे हुन्छ । उनले म्याडोनाजस्तो बन्नका लागि ५० लाखभन्दा बढी खर्च गरिसकेका छन् । उनले आफ्नो अनुहारको सर्जरी गरेका छन् । उनी अहिले म्याडोनाजस्तै देखिन्छन् । यसै अनुहारलाई लिएर उनले पछिल्ला १२ वर्षमा ४ हजारभन्दा बढी शो सञ्चालन गरिसके । एडमले बताएअनुसार उनले आफ्नो गालामा थुप्रै पटक इम्प्लान्ट गरिसके । यसका साथै उनले आईब्रो समेत मिलाउनुपर्यो । अहिले म्याडोनाजस्तो देखिन पाउँदा उनी निकै खुी लागेको बताउँछन् । उनलाई १५ वर्षको उमेरमै म्याडोनाजस्तो बन्ने सौख थियो । आमाले म्याडोनाको एल्बम किनेर ल्याउँथिन् । उनी बारम्बार गीत सुन्थे । म्याडोनाको गीत सुनेर छोरा म्याडोनाजस्तै बनेपछि आमा दुखित भएकी छिन् । उनले म्याडोनाको एल्बम घर ल्याउनु आफ्नो गल्ति भएको भन्दै यसमा पश्चाताप लाग्ने बताइन् । आमाका अनुसार एडमको दराज म्याडोनाले लगाउने जस्तै ड्रेसले भरिएको छ । उनको व्यवहार पनि म्याडोनाको जस्तै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप