बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सुटिङका दौरान रक्सीले मातेपछि अभिनेताले देखाए यस्तो हर्कत

शुक्रबार, २८ जेठ २०७३, १९ : ३४
शुक्रबार, २८ जेठ २०७३

मुम्बई –फिल्म ‘दो लफ्जो की कहानी’ मा अभिनेत्री काजल अग्रवालले प्रमुख भूमिका निभाएकी छिन् । उनी यसै चलचित्रको प्रमोशनमा व्यस्त छिन् । अहिले काजल दक्षिण भारतका दुई चलचित्रमा पनि काम गरिरहेकी छिन् । दक्षिणकै एक चलचित्रमा उनले एउटा गीतको सुटिङका दौरान निकै पिडा खेप्नुपरेको छ । स्रोतका अनुसार दक्षिण भारतीय चलचित्रको सुटिङका दौरान रक्सी खाएर एक अभिनेताले उनको कम्मरमा जोडसँग पकड्नुपर्ने थियो । त्यसरी पक्रने क्रममा अभिनेताले यति जोरसँग उनको कम्मर ताने जसका कारण उनी बेहोशजस्तै भइन् । यसपछि सहायक निर्देशकले अवस्थालाई शान्त पार्दै अभिनेतालाई तुरुन्तै हट्न भने । केही समयपछि फेरि रिटेक दिएर काजलले गीतको सुटिङ पुरा गरिन् । यसअघि रणदीपले किस गरेका थिए चलचित्र ‘दो लफ्जो की कहानी’ को सुटिङका दौरान रणदीपले काजल अग्रवाललाई किस गरेका थिए । यस चलचित्रको सुटिंगका दौरान काजल र रणदीप निकै नजिक रहेको सिन खिच्नुपर्ने थियो । तर स्क्रिप्टमा किस गर्नुपर्ने अवस्था नभएपनि अचाक रणदीपले उनलाई किस गरे । अचानक यसरी किस गरेपछि काजल हैरान भइन् । उनले रिसाउँदै सुटिङ स्पट छाडिन् र निर्देश दीपक तिजोरीलाई यो सिट डिलिट गर्न भनिन् । काजलले दक्षिण भारतीय चलचित्र लक्ष्मी कल्याणम, चन्दामामा, पोरुडू, लगायत थुप्रै चलचित्र खेलेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप