बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पालबाटै भए पनि स्थानीय निर्वाचन हुन्छ : कावा प्रमुख निर्वाचन आयुक्त

शुक्रबार, २८ जेठ २०७३, २० : ०८
शुक्रबार, २८ जेठ २०७३

रसुवा – कावा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले पुनःनिर्माण हुन बाँकी जिल्लामा पाल राखेरै भए पनि स्थानीय निकायको निर्वाचन गर्न सकिने बताएका छन् ।

सदरमुकाम धुन्चेमा आज आयोजित अन्तरसंवाद कार्यक्रममा उनले सरकारले तोकेको मितिदेखि ९० दिनभित्र पाल राखेरै भए पनि स्थानीय निकायको निर्वाचन गर्न आयोग तयार रहेको बताए ।

भूकम्पले क्षति पु¥याएका जिल्लाको पुनःनिर्माणका लागि सहयोग गर्न निर्माण व्यवसायी, स्थानीय निकाय र राजनीतिक दलसँग आग्रह गर्दै उनले मतदाता शिक्षा लगायत कार्यक्रममा सञ्चारकर्मी र राजनीतिक दललाई सहभागी गराउन जिल्ला निर्वाचन कार्यालय रसुवालाई निर्देशन दिए ।

कार्यक्रममा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका प्रतिनिधिले सङ्घीयताको सीमाङ्कन नभई गरिने निर्वाचन सार्थक नहुने विचार राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप