बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

युरोको पूर्व सन्ध्या सेक्स स्क्याण्डलमा मुछिए डि गेया, स्पेनको टोलीबाट ‘आउट’ ?

शुक्रबार, २८ जेठ २०७३, २० : २९
शुक्रबार, २८ जेठ २०७३
म्याड्रिड – स्पेनका गोलकिपर डेभिड डि गेया स्पेनको ठूलो सेक्स स्क्याण्डलमा फँसेका छन् । २५ वर्षीय म्यान्चेस्टर युनाइटेडका गोलकिपर अश्लिल चलचित्रमा बालिकाको प्रयोग (चाइल्ड पोर्नोग्राफी) को मामिलामा मुछिएका हुन् ।

पोर्नोग्राफर इग्नासियो फर्नान्डो अलेन्डेबारे भइरहेको अनुसन्धानको क्रममा बयान दिँदा एक महिलाले डि गेयाको नाम उल्लेख गरेका हुन् । डि गेयाले ती महिला र इग्नासियोसँग भेट गराएको बयानमा उल्लेख छ ।

नाम नखुलाएकी पीडित महिलाले एथ्लेटिक बिल्बाओका स्टार इकर मुनाइन र अर्का एक खेलाडीसँग जबर्जस्ती यौनसम्बन्ध राख्न बाध्य बनाएको बताएको स्पेनिस पत्रिका मार्काको अनलाइनमा उल्लेख छ ।

यो रिपोर्ट स्पेनको एल डाइरिओस नामक पत्रिकामा छापिएको छ । जसलाई मार्काले उद्धृत गरेको हो ।

यो घटना सन् २०१२ मा म्याड्रिडको एक पाँच तारे होटलमा भएको थियो । त्यतिबेला यी खेलाडीहरु अन्डर २१ टोलीका सदस्य थिए ।

ती महिलाले डि गेयाले आफूसँग यौनसम्बन्ध नराखे पछि पोर्नोग्राफर इग्नासियोसँग भेट गराउन भूमिका खेलेको बयान दिएकी छिन् ।

यस मामिलामा रियल म्याड्रिडका मिडफिल्डर इस्कोको नाम पनि मुछिएको बताइएको छ ।

यौनशोषण, बाल पोर्नोग्राफी र मानवतस्करीको मामिलामा इग्नासियो सन् २०१६ को अप्रिल देखि जेलमा रहेका छन् । उनी स्पेनमा टोर्बे भनेर चर्चित छन् ।

यो खबर सार्वजनिक भइरहँदा द सन पत्रिकाको अनलाइनले भने डि गेया स्पेनको टोलीबाट निकालिएको र घर फर्किको दाबी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप