सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पायेटको उत्कृष्ट गोलको मद्दतले फ्रान्सको विजयी शुरुवात

शनिबार, २९ जेठ २०७३, ०५ : १८
शनिबार, २९ जेठ २०७३

पेरिस — डिमिट्री पायेटले अन्तिम मिनेटमा गरेको उत्कृष्ट गोलको मद्दतले फ्रान्सले रोमानियामाथि संघर्षपूर्ण जीत हासिल गरेको छ । युरो २०१६ को पहिलो खेलमा फ्रान्स २—१ ले विजयी बनेको हो ।

कडा सुरक्षा घेराबीच स्टाडे डे फ्रान्समा खेलाइएको खेलमा पायेटले ३० यार्ड परबाट उत्कृष्ट गोल गर्दै आयोजक टोलीलाई आशातित शुरुवात दिलाए ।

यसअघि घरेलु भूमिमा युरो १९८४ र सन् १९९८ को विश्वकप जितेको फ्रान्स यस वर्ष उपाधिको प्रमुखको दाबेदार हो ।

खेलको शुरुवातमा एन्टोनी ग्रिजमानको प्रहार पोस्टमा लागेपछि फ्रान्सले दृढ रोमानियाविरुद्ध खुलेर खेल्न सकेको थिएन ।

स्टार खेलाडीले भरिएको फ्रान्सलाई पहिलो गोलका लागि ५८ औं मिनेटसम्म पर्खनु परेको थियो । पायेटको क्रसमा ओलिभर जिरुले फ्रान्सलाई अग्रता दिलाए ।

तर, त्यसको सात मिनेटपछि नै बोगडान स्टान्सुले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । प्याट्रिस एभ्राले निकोलाइ स्टान्सियोलाई डि एरियामा लडाएपछि रोमानियाले पेनाल्टी पाएको थियो ।

बराबरीतर्फ अघि बढेको खेलको ८९ औं मिनेटमा पायेटको उत्कृष्ट गोलको मद्दतले फ्रान्सले ३ अंक बटुल्न सफल भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप