बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बजेट अभावमा औषधि खरिद भएन

शनिबार, २९ जेठ २०७३, ०९ : १४
शनिबार, २९ जेठ २०७३
पाँचथर - पाँचथरमा रहेका आयुर्वेद उपचार केन्द्रमा बिरामीको चापअनुसारको औषधि खरिद गर्न नसक्दा औषधि वितरणमा समस्या भएको छ । पाँच वटा आयुर्वेद उपचार केन्द्र रहेको पाँचथरमा आयुर्वेद विभाग र जिल्ला आयुर्वेद कार्यालयबाट खरिद हुने औषधिको मात्रा कम भएकाले बिरामीले मागअनुसारको औषधि पाउन नसकेका हुन् । अहिले प्राप्त औषधि दैनिक उपचारमा आउने १५ जना बिरामीलाई वितरण गरेमा तीन महिना पनि नपुग्ने भएकाले वर्षभरि पु¥याउने गरी बिरामीलाई औषधि प्रदान गर्दै आएको जिल्ला आयुर्वेद औषधालय पाँचथरका प्रमुख मुरलीप्रसाद साहले बताए । बिरामीको चाप दोब्बर भए पनि सरकारले औषधि खरिदका लागि बजेट वृद्धि नगर्दा आवश्यकताअनुसार औषधि नपाएको साहको भनाइ छ । निःशुल्क रुपमा आयुर्वेद पद्धतिको उपचार र औषधि पाउने भएपछि ग्यास्टिक, उच्च रक्तचाप र बाथ रोगका बिरामीले आयुर्वेद औषधालयमा उपचार गराउँदै आएका छन् । आङ्साराङ्ग, फाक्तेप, मौवा, लुङ्रुपा, चिलिङ्दिन र फिदिम नगरपालिका स्थापना भएका आयुर्वेद केन्द्रले गत आवमा १० हजार ९०० दीर्घरोगीले उपचार गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप