बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

१९ मिनेटमा मेस्सीको ह्याट्रिक

शनिबार, २९ जेठ २०७३, ०९ : ३८
शनिबार, २९ जेठ २०७३

सिकागो – लियोनेल मेस्सीको ह्याट्रिकको मद्दतले अर्जेन्टिनाले १० खेलाडीमा सिमित पानामा ५–० को भारी अन्तरले पराजित गरेको छ । कोपा अमेरिकामा अर्जेन्टिनाको यो लगातार दोस्रो जित हो ।

समूह डि अन्तरगतको खेलमा मेस्सीले खेलको दोस्रो हाफमा १९ मिनेटको अन्तरालमा आफ्नो ह्याट्रिक पूरा गरेका थिए ।  पहिलो खेल घाइते हुँदै गुमाएका मेस्सीको जारी प्रतियोगितामा पहिलो खेल हो ।

पहिलो हाफमा बेन्चमा बिताएका मेस्सी खेलको दोस्रो हाफमा मैदानमा प्रवेश गरे । मैदान प्रवेश गरेको ८ मिनेटभित्रै उनले पहिलो गोल गरेका थिए ।

मेस्सीको यो ५३ औं अन्तर्राष्ट्रिय गोल हो । अब मेस्सी अर्जेन्टिनाका लागि सर्वाधिक गोल गरेका ग्याब्रियल बाटिस्टुटाभन्दा मात्र तीन गोलले पछि रहेका छन् ।

खेलमा अग्रता भने निकोलास ओटामेन्डीले दिलाएका थिए । खेलको सातौं मिनेटमा नै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको अन्त्यमा सर्जियो अगुएरोले एक गोल थपे ।

पहिलो खेलमा अर्जेन्टिनाले डिफेन्डिङ च्याम्पियन चिलीलाई पराजित गरेको थियो ।  जीतसँगै १४ पटकको विजेता अर्को चरणमा प्रवेश गरेको छ ।

उता, समूहको अर्को खेलमा चिलीले विवादास्पद पेनाल्टीको मद्दतले बोलिभियालाई पराजित गर्यो ।  १०१ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै चिलीले संघर्षपूर्ण २–१ को जीत निकाल्यो ।

खेलमा अर्टुरो भिडालले चिलीलाई अग्रता दिलाए पनि झास्मानी क्यापोसले खेल बराबरीमा ल्याए । तर, खेलको अतिरिक्त समयमा पाएको पेनाल्टीको सदुपयोग गर्दै भिडालले चिलीलाई महत्वपूर्ण तीन अंक दिलाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप