बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सांसदको तलब भत्ता बढ्नु हुदैनः गुरुङ

शनिबार, २९ जेठ २०७३, १० : ५५
शनिबार, २९ जेठ २०७३

कावासोती – नेपाली काग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले देशको आर्थिक बृद्धिदर घट्दो (घाटा) क्रममा रहेकोले सांसद तलब भत्ता बढाउन नहुने बताएका छन् । नेपाल प्रेस युनियन नवलपरासीले कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै नेता गुरुङले यस्तो कुरा बताएका हुन् । उनले हालै संसदमा पेश भएको बजेटले आर्थिक उन्नती गर्न नसक्ने र अहिलेको प्रस्तुत बजेटमा ऋण अनुदान र ऋण सापटीमा केन्द्रित बनी सरकारले बजेट ल्याएको समेत बताएका छन् । जसले गर्दा देशको बिकास नहुने गुरुङको तर्क छ । भूकम्प पछिका निर्माण कार्य र मौलिक समेत सम्पन्न गर्नु पर्ने र सो का लागि आर्थिक नै जिम्मेवार हुने हुदाँ सांसदहरुको तलब बढाउन नहुने उनको भनाई थियो । संविधानमा उल्लेख मौलिक हकहरु , स्वास्थ्य , शिक्षा , रोजगार लगायतका हक कार्यान्वयनमा राज्यसंग पर्याप्त ढुकुटी र संरचना समेत नभएको हुँदा राष्ट्रिय सहमती विना संविधान कार्यान्वयन नहुने उनले जनाए । नेता गुरुङले संसद सदस्यको तलव भत्ता वढाउन नहुने भन्दै आफुले पाटी सभापतिलाई लिखीत रुपमानै पत्र बुझाएको भन्दै काग्रेस यसको विरोधमा लाग्ने आशाबादी समेत रहेको बताए । साथै मुलुक विषम परिस्थितीमा चलिरहेको वेला राज्यको ढुकुटी सिध्याउनेमात्र खेलमा लाग्न नहुने बताएका थिए । हालको संविधानमा २०७४ माघ सम्ममा स्थानिय तथा संसदीय निर्वाचन गरीसक्नुपर्ने र सोही स्थानिय निर्वाचनको आधारमा प्रदेश हुदै राष्ट्रिय सभा र प्रतिनिधी सभा मार्फत राष्ट्रपतिको समेत निर्वाचन गर्नु पर्ने भएकाले संविधान कार्यान्वयन हुदैनकी भन्ने आशंका रहेको समेत नेता गुरुङले बताएका छन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप