बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अब राष्ट्रिय सहमतिको सरकार : महत

शनिबार, २९ जेठ २०७३, ११ : ०२
शनिबार, २९ जेठ २०७३

चितवन – नेपाल काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले राष्ट्रिय सहमतिको सरकार गठन गरेर विद्यमान समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, “वर्तमान सरकारले जनताका समस्या सम्बोधन गर्न सक्दैन, जतिसक्दो छिटो सहमतिको सरकार गठन गर्नुपर्छ ।”

वर्तमान सरकारले मधेसीलगायतका दलको समर्थन पाउन नसक्ने दावी गर्दै उनले सहमतिको सरकार नेतृत्व काँग्रेसले लिएमा सहमति जुट्ने पनि बताए ।

भूकम्प प्रभावितका नाममा गैरसरकारी संस्था परिचालन गर्न खोज्नु भूकम्प प्रभावितका नाउँमा गरिएको राजनीति भएको नेता महतले उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप