बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

संघीय गठबन्धनको रिले अनसन आज पाँचौं दिनमा

शनिबार, २९ जेठ २०७३, ११ : ०४
शनिबार, २९ जेठ २०७३

काठमाडौं– संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनले मंगलबारदेखि सुरु गरेको रिले अनसन आज पाँचौं दिन पनि जारी छ। आज रिले अनसनमा संघीय समाजवादी फोरम नेपालकी उपाध्यक्ष रेणु कुमारी यादव, सदभावना पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतो, रामसपाकी उपाध्यक्ष निलम बर्मा, आदिवासी जनजाती राष्ट्रीय आन्दोलनका प्रतिनिधी आंगकाजी शेर्पा, थरूहट तराई पार्टीका बरिष्ठ नेता गोपाल दहित, नेसपाका सहमहासचिव निरंजन पौडेल, मधेसी जनअधिकार फोरम गणतान्त्रीकका केन्द्रीय सदस्य संजय यादव, संघिय लिम्बूवान पार्टीका सचिवालय सदस्य भिम राज लिम्बू, समाजिक लोकतान्त्रिक पार्टीकी कोषाध्यक्ष गोमा कुमारी लामा, आदिवासी जनजाती पार्टीका महासचिव नेवा टेक नारायण श्रेष्ठ, सदभावना यूवा मंचका उपाध्यक्ष रंजित कुमार सिंह लगायत ३१ जना बसेका छन्। रिले अन्सन स्थलमा गएर आन्दोलनको मागहरू प्रती विभिन्न पार्टी, नेता, मानव अधिकारकर्मी, संघ संगठन तथा सञ्चारकर्मीहरुले ऐक्यबद्वता तथा समर्थन गर्ने क्रम दिन प्रतिदिन बढ्दै गईरहेको गठबन्धनले जनाएको छ । गठबन्धनको आन्दोलनमा पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेल, इन्सेक अध्यक्ष सुबोध प्याकुरेल, मानवअधिकार आयोगका पूर्व सदस्य सुदिप पाठक, मधेस अधिकारकर्मी दीपेन्द्र झा, नेपाल मधेशी निजामती कर्मचारी मंच, नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी, नेकपा माओवादी केन्द्र का नेता मातृका यादव, नागरिक समाजका अगुवाद्वय दमन नाथ ढुंगाना, डा सुन्दर मणी दीक्षितलगायत खुला मन्च पुगेर रिले अन्सनमा उठाईएका मागहरू प्रती एक्यबद्धता जनाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप