बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

उदयपुरमा ५ वर्षीया बालिका बलात्कृत

शनिबार, २९ जेठ २०७३, ११ : ११
शनिबार, २९ जेठ २०७३

उदयपुर – उदयपुरको पश्चिमी गाविस ओख्लेमा एक पाँच वर्षीया बालिका बलत्कृत भएकी छिन् । सोही गाउँका १८ बर्षिय ज्ञान बहादुर खड्काले बुधबार दिउँसो घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको पिडित बालिकाको आफन्तले बताएका छन् । घटना २६ गतेको भएपनि भोलिपल्ट मात्र पिडित बालिकाले परिवारलाई सुनाएपछि घटना बाहिर आएको थियो । घटना लगतै समाजका मानिसहरु भेला भई पिडकको खोजी गर्दा पिडक फरार रहेकाले नजिकैको प्रहरी चौकीमा गई उजुरी गरेको स्थानीय नेता बाबुराम राईले बताए । घटना स्थल तर्फ इलाका प्रहरी कार्यालय कटारीको टोली पठाई सकिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक ओमबहादुर राना मगरले बताए । फरार आरोपितको खोजी कार्य भइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप