बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

इलाममा सशस्त्र द्वन्द्वका ११८ उजुरी

शनिबार, २९ जेठ २०७३, ११ : १३
शनिबार, २९ जेठ २०७३

इलाम - सत्य निरुपण तथा मेलमिलाप आयोगमा इलामका ११८ जनाले उजुरी दिएका छन् ।

सशस्त्र द्वन्द्वका समयमा पीडित भएको भन्दै इलामका पीडितले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा उजुरी दिएका हुन् ।

तीमध्ये सत्य निरुपणमा १७७ र बेपत्ता छानबिनमा ११ वटा उजुरी दर्ता भएका छन् । जसमा विस्थापित ४१, हत्या ३७, मानसिक तथा शारीरिक यातना ५४, नजरबन्दी दुई, सम्पत्ति कब्जा–क्षति ३७, शारीरिक यातना, अङ्गभङ्ग तथा आर्थिक २४ र अपहरण मुद्दामा १२ वटा उजुरी दर्ता भएको स्थानीय शान्ति समितिको कार्यालय इलामले जनाएको छ । पछिल्लो पटक प्रहरी सेवाबाट निलम्बनमा परेको भन्दै चार वटा उजुरी दर्ता भएका छन् ।

आयोगले आगामी असार २ गतेसम्म उजुरी लिने समयसीमा निर्धारण गरेको छ । शान्ति समितिको कार्यालयबाट एक हजार २०० उजुरी फारम पीडितले लगेको र दर्ता हुन आउने क्रम जारी रहेको स्थानीय शान्ति समिति कार्यालयका सचिव डीकेन्द्र इदिङ्गोले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप