बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकबाट धादिङ पुगेका तीन बालिका परिवारको जिम्मामा

शनिबार, २९ जेठ २०७३, ११ : १८
शनिबार, २९ जेठ २०७३

मेलम्ची - इलाका प्रहरी कार्यालय मेलम्चीको रोहवरमा तीन बालिकालाई चाइल्ड नेपालले शुक्रबार राति सम्बन्धित परिवारलाई जिम्मा लगाएको छ ।

सिन्धुपाल्चोक जिल्लाको लागर्चे गाविसका तीन बालिकालाई धादिङबाट प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गर्दा केही नखुलेकाले बालबालिकाको हकहितमा काम गर्ने संस्थामार्फत परिवारलाई जिम्मा लगाएको हो ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नीरज डाँगीका अनुसार घरबाट परिवारलाई समेत थाहा नदिई भागेको र परिवारले प्रहरीमा उजुरी गरेकाले धादिङमा फेला परेका बालिकालाई चाइल्ड नेपाल र महिला तथा बालबालिका कार्यालयको सहयोेगमा प्रहरीमार्फत आआफ्नो परिवारलाई जिम्मा लगाएको हो ।

पन्ध्र वर्षभन्दा कम उमेरका तीन बालिका गत २४ गते साथीकोमा कपडा लिन जान्छु भनेर गएको र रात परेपछि समेत नआएको र आफन्तलाई समेत खबर गर्दा पत्ता नलगाएपछि प्रहरीमा उजुरी दिएको बालिकाको परिवारले बताएको छ ।

प्रहरी निरीक्षक डाँगीका अनुसार घरको आर्थिक अवस्था कमजोर भएकाले र घरबाट समेत ख्याल नगर्ने भएकाले बालबालिका आफूखुसी घर छाडेर जाने गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप