बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

भद्र सहमतिको विषयलाई अभद्र तरिकाले सम्प्रेषण हुँदेछ : महासचिव पोखरेल

शनिबार, २९ जेठ २०७३, ०८ : २०
शनिबार, २९ जेठ २०७३
विराटनगर – नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सरकार निर्माणको क्रममा कुनै भद्र सहमति नभएको स्पष्ट पारेका छन् । विराटनगर विमानस्थलमा शुक्रबार साँझ सञ्चारकर्मीसँग कुराकानी गर्दै महासचिव पोखरेलले भद्र सहमतिको विषयलाई अभद्र तरिकाले सम्प्रेषण गरिएको विषय दुःखद् रहेको बताए । उनले सरकार निर्माणको बेलामा एमाओवादीसँग नौबुँदे सहमतिबाहेक अरु कुनै सहमति नभएको चर्चा गर्दै अब संविधान कार्यान्वयनका लागि सबै दलबीच सहमति आवश्यक रहेको उल्लेख गरे । उनले नेपाली काँग्रेस र एमालेबीच भएको बैठकमा समझदारीका साथ संविधान कार्यान्वयन र नयाँ कानुन तथा कानुन संशोधनका लागि सहमति भएको जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप