बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

‘दीनाभद्री’लाई राष्ट्रिय विभूति घोषणाका लागि हस्ताक्षर अभियान

शनिबार, २९ जेठ २०७३, १२ : ०१
शनिबार, २९ जेठ २०७३

लहान - मिथिला क्षेत्रका लोकनायक दीनाभद्रीलाई राष्ट्रिय विभूति घोषणा गराउनका लागि हस्ताक्षर अभियान सुरु गरिएको छ ।

[caption id="attachment_56358" align="alignleft" width="840"] photo: hulakinews[/caption]

सरकारी उदासीनता र उपेक्षाका कारण मिथिला क्षेत्रका धरोहर दीनाभद्रीको लोकगाथा लोप हुन लागेको जनाउँदै भोर र मिथिला पर्यटन नामक संस्थाले हस्ताक्षर अभियान सुरु गरेका हुन् । ‘राष्ट्रिय मुसहर उत्थान समाज नेपाल’को धनुषाको जनकपुरधामको १२ बिघा जमिनमा भएको प्रथम महाधिवेशनदेखि शुभारम्भ गरिएको हस्ताक्षर अभियान मधेसका धनुषा, सिरहा, सप्तरी र सुनसरी लगायत जिल्लामा हस्ताक्षर सङ्कलन गरिने ‘भोर नामक’ संस्थाका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।

हस्ताक्षर सङ्कलन गरी मिथिला क्षेत्रका लोकनायक दीनाभद्रीलाई राष्ट्रिय विभूति घोषणा गर्नका लागि सरकारलाई बुझाइने अध्यक्ष महतोले बताए ।

सप्तरी जिल्लाको जोगिया जाँजर गाउँका कालु सदा र आमा नीरसोका कोखबाट जन्मिनुभएका दुई दाजुभाइ दीना र भद्री अन्याय, अत्याचार, शोषण दमनविरुद्ध सङ्घर्ष गरेकै कारण मिथिला क्षेत्रका हरेक समुदायबीच लोक देवताका रुपमा दीनाभद्री पुजित थिए ।

नेपालको पूर्वाञ्चलका सप्तरी, सिरहा, सुनसरी, मोरङ, झापा सहित जिल्लाका विभिन्न गाउँमा बसोबास गर्ने मुसहर जातीले दीनाभद्रीलाई कुलदेवताकै रुपमा पुज्ने गरेका छन् ।

बाल्यकालदेखि नै दुवै दाजुभाइ वीर एवम् साहसी थिए । कुस्ती खेल्नमा सिपालु रहनाका साथै सामाजिक न्यायका सच्चा पहरेदारका रुपमा प्रस्तुत भएका कारण उनीहरुको वीरताको चर्चा त्यतिबेला जन जनमा चलेको लुम्बिनी विश्वविद्यालयका पूर्वउपकुलपति तथा इतिहासविद् डा पीताम्बरलाल यादवले बताए ।

यसअघि शोसक सामन्तविरुद्ध कठोर सङ्घर्ष गरेका मुसहर समुदायका दाजुभाइ दीनाभद्रीको लोकगाथा गायन लोप हुन थालेको जनाउँदै नेपाल सङ्गीत तथा नाट््य प्रज्ञा–प्रतिष्ठान काठमाडौँले अध्ययन, अनुसन्धान एवम् अभिलेखीकरणसुरु गरिसकेको छ ।

दीनाभद्रीको जन्म, मृत्यु संस्कार एवम् विभिन्न घटनासँग सम्बन्धित स्थलका विषयमा अध्ययन अनुसन्धान एवम् अभिलेखीकरणलाई अगाडि बढाएको प्रतिष्ठानका प्राज्ञद्वय रमेशरञ्जन र खेम नेपाली प्राविधिकसहितको टोलीले केही दिनअघि मात्रै दीनाभद्री जन्मेको, कुस्ती खेलेको र मरेको लगायत विभिन्न स्थलको छायाङ्कन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप