बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पार्टी घोषणा सभामा २ करोड खर्च नहुने नयाँ शक्तिको दाबी

शनिबार, २९ जेठ २०७३, १२ : २१
शनिबार, २९ जेठ २०७३

काठमाडौं– नयाँ शक्ति नेपालले पार्टी स्थापना घोषणा सभामा गरिने खर्चबारे कुनै टुंगो नलागेको दाबी गरेको छ । सञ्चारमाध्यमहरुमा नयाँ शक्तिले पार्टी घोषणा सभामा २ करोड खर्च गर्न लागेको सार्वजनिक भएसँगै उसले त्यस्तो दाबी गरेको हो । नयाँ शक्तिले यसबारे औपचारिक जानकारी दिन शनिबार ललितपुरको घोविघाटस्थित सिद्धार्थ कटेजमा पत्रकार सम्मेलनको आयोजना गरेको छ।

नयाँ शक्तिले घोषणासभाका लागि भड्किलो प्रचार गर्दै आएको छ ।

निर्वाचन आयोगमा पार्टी दर्ताका लागि प्रक्रिया अगाडि बढाएको नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले एमाओबादीबाट अलग भएको झण्डै आठ महिनापछि आइतबार पार्टीको औपचारिक घोषणा गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप