बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सहमति जसमा हुन्छ, उसैको नेतृत्व : प्रचण्ड

शनिबार, २९ जेठ २०७३, १२ : २९
शनिबार, २९ जेठ २०७३

कैलाली – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देशको समस्या समाधान गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको बताएका छन् । आज पब्लिक मिडिया क्लव धनगढीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले सो कुरा बताएका हुन् ।

संविधानको कार्यान्वयन, भूकम्पबाट क्षेतिग्रस्थ भौतिक पूर्वाधारको पुनर्निर्माण, सत्यनिरुपरण बेपत्ता आयोगलाई ऐनमा संसोधन, मधेसका समस्या समाधान गरी शान्ति प्रक्रियालाई पूर्णरूपमा टुंग्याउनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको उनले बताए ।

अध्यक्ष प्रचण्डले वर्तमान सरकारसँग भएको नौ बुँदे सहमतिलाई कार्यान्वयन गर्न र राष्ट्रिय सहमतिका लागि सहयोग गर्न समेत आग्रह गरे ।

पत्रकारले सोधेको प्रश्नको जफाव दिँदै अध्यक्ष प्रचण्डले राष्ट्रका निम्ति एकता, सहकार्य, सहमति आवश्यक रहेकोले सहमति जसमा हुन्छ, त्यसैको नेतृत्वमा सरकार निर्माण गरिने उल्लेख गरे ।

सबै प्रमुख दलहरूले नेकपा माओवादी केन्द्रको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारमा जोड दिए आफूहरू तयार रहेको समेत अध्यक्ष प्रचण्डले बताए ।

अध्यक्ष प्रचण्ड आज प्रदेश नम्बर ७ को प्रादेशिक भेलालाई सम्बोधन गर्न कैलाली पुगेका छन् ।

भेलामा नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा (बादल), लेखराज भट्ट, नारायणकाजी श्रेष्ठलगायतका नेता तथा कार्यकर्ताहरू सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप