बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

एड्भान्स सिमेन्ट गुणस्तरीय रहेको दावी

शनिबार, २९ जेठ २०७३, १२ : ३८
शनिबार, २९ जेठ २०७३

काठमाडौं–अरनिको सिमेन्ट इण्डस्ट्रीज प्रालिले आफ्नो उत्पादन एडभान्स सिमेन्ट नेपाल गुणस्तरिय रहेको दावी गरेको छ । आफ्नो उत्पादन गुणस्तरिय मापदण्ड अनुसारनै उत्पादन भइरहेको र गुणस्तरका सवालमा सम्बद्ध हरेक निकायमा जवाफदेही हुन र सही प्रमाणित हुन तयार रहेको पनि कम्पनीको दावी छ ।

एड्भान्स सिमेन्ट चिन्ह ४९, नेपाल नेपाल गुणस्तर ३८५ द्वारा मान्यता प्राप्त कम्पनी रहेको र आइएसओ मान्यता प्राप्त ४३ ग्रेडका आइएसआइ मार्कको ओपीसी सिमेन्ट उत्पादन मान्यता प्राप्त कम्पनी रहेको पनि कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एडभान्सले गुणस्तरीय सिमेन्ट उत्पादन गरी विगत ५ बर्षदेखि देशका विभिन्न स्थानमा विक्री वितरण गर्दै आएको र झापामा एड्भान्स सिमेन्टबारे आइरहेको समाचार प्रायोजित भएको दावी गरेको छ ।

एड्भान्स सिमेन्टलाई बदनाम गर्ने, स्वस्थ बजार प्रतिस्पर्धामा विश्वास नगर्ने गलत मनासाय राखेर गरिएका हर्कतप्रति हामी सचेत हुदै त्यसका पछि नलाग्न उपभोक्तालाई कम्पनीले आग्रह समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप