बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कन्सर्टकै दौरान गायिकाको गोली प्रहार गरी हत्या

शनिबार, २९ जेठ २०७३, १३ : ३६
शनिबार, २९ जेठ २०७३

ओर्लान्डो – चर्चित युट्युव स्टार तथा गायिका क्रिस्टिना ग्रिमीको एक कन्सर्टको दौरान गोली प्रहार गरी हत्या गरिएको छ । अमेरिकाको चर्चित टेलिभिजन कार्यक्रम द भ्वाइसमा समेत भाग लिएकी ग्रिमीलाई ओर्लान्डोमा भएको कन्सर्टका दौरान गोली प्रहार भएको थियो ।

गोली प्रहारबाट घाइते भएकी २२ वर्षीया ग्रिमीलाई अस्पताल लगिएको थियो । उपचारको क्रममा पछि मृत्यु भएको फ्लोरिडा प्रहरीले जनाएको छ ।

गीत गाउँदै गर्दा उनीमाथि गोली प्रहार भएको थियो । उनीमाथि पाँच पटक गोली प्रहार भएको डेली मेलले जनाएको छ । गोली प्रहारपछि ग्रिमीका दाजु मार्कले आक्रमणकारीमाथि जाइ लागेका थिए ।

नाम नखुलाइएका ती आक्रमणकारीले आफूलाई पनि गोली हानेर आत्महत्या गरेका थिए ।

के कारणले उनीमाथि आक्रमण भयो भन्ने बारे अझै खुल्न सकेको छैन ।

सन् २०१४ मा भ्वाइसमा उनी तेस्रो बनेकी थिइन् ।

स्थानीय समयअनुसार राती १० बजेर ४५ मिनेट जाँदा उनीमाथि आक्रमण भएको थियो ।

आक्रमणकारीबाट दुईवटा हतियार बरामद भएको बिबिसीले उल्लेख गरेको छ ।

प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप