बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पूर्व सभासदसहित एक सय नेता कार्यकर्ता उपेन्द्रको पार्टीमा

शनिबार, २९ जेठ २०७३, १३ : ५२
शनिबार, २९ जेठ २०७३
सुनसरी– सुनसरी–५ को लौकही गाविसमा पूर्व सभासद सबिता यादवसहित एक सयभन्दा बढी नेता कार्यकर्ताहरू संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिककी नेतृ तथा पूर्व सभासद यादव र लोकतान्त्रिककै जिल्ला सदस्य रामनारायण पौदारसहित , राप्रपा नेपाल, एमाले र कांग्रेस परित्याग गरी एक सय बढी नेता कार्यकर्ता संघीय समाजवादी फोरममा प्रवेश गरेको फोरमका सुनसरी इञ्चार्ज तथा केन्द्री सदस्य भिम राईले बताए । शनिबार पार्टी अध्यक्ष उपेन्द्र यादवले टीका लगाएर उनीहरूलाई प्रवेश गराएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप