बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

भाइरसको खतरामा नेपाली कम्युटर : एसियामा चौंथो स्थानमा

शनिबार, २९ जेठ २०७३, १४ : ०४
शनिबार, २९ जेठ २०७३

काठमाडौं – नेपालका कम्युटरहरु भारइसको खतरामा रहेको माइक्रोसफ्ट एसियाले गरेको अध्ययनले देखाएको छ । मालवेयर इन्फेक्सन इन्डेक्स २०१६ का अनुसार नेपाल भाइरसको खतराको दृष्टिले एसियामा चौंथो स्थानमा रहेको छ ।

पहिलो स्थानमा पाकिस्तान पहिलो स्थानमा रहेको छ भने इन्डोनेसिया, बंगलादेश क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

यी देशहरुमा औसतामा ४० प्रतिशतभन्दा बढी कम्प्युटरहरु भाइरसको चपेटमा रहेका छन् । विश्वको औसत भने २०.८ प्रतिशत रहेको छ । सन् २०१५ मा यो १७.६ प्रतिशत रहेको थियो ।

भारत आठौं स्थानमा रहेको छ भने चीन चौधौं स्थानमा रहेको छ ।

माइक्रोसफ्ट प्रोटेक्सन सेन्टर (एमएमपीसी) र माइक्रोसफ्ट सेक्युरिटी इन्टिलिजेन्स रिपोर्टको आधारमा उक्त तथ्याङ्क गत जुन ७ मा सार्वजनिक गरिएको हो ।

कम्प्युटरमा सबैभन्दा बढी देखिएका भाइरसमा गामाउरे, सिकेया र पल्स रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप