बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नेपाल धितोपत्र बोर्डले रोक्यो नेपाल लाईफको सेयर कारोवार

शनिबार, २९ जेठ २०७३, १५ : ११
शनिबार, २९ जेठ २०७३

काठमाडौं–नेपाल धितोपत्र वोर्डले नेपाल लाइफ इन्सोरेन्सको सेयर कारोवार रोक्न निर्देशन दिएको छ । वोर्डले नेपाल स्टक एक्सचेन्जलाई शुक्रवार पत्र पठाएर सेयर कारोवार रोक्न निर्देशन दिएको हो । फरदर पब्लिक अफरिड (एफपिओ) जारी गर्ने विषयमा वोर्डमा आवेदन नदिई कम्पनीले सूचना जारी गरेको भन्दै सेयर करोवार रोक्न वोर्डले निर्देशन दिएको हो । वोर्डमा निवेदन नदिई पहिले नै सूचना प्रकाशित गर्दा बजार मुल्यमा चलखेल हुने र लगानीकर्ता ठगिन सक्ने भन्दै यस्तो निर्देशन दिएको वोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताएका छन् । नेपाल लाइफले प्रति कित्ता २९ सय ५१ रुपैयाँमा एफपिओ जारी गर्ने जनाएको छ । १ सय अंकित दरका सेयरमा कम्पनीले २ हजार ८ सय ५१ रुपैयाँ प्रिमियम जोडेको हो । वोर्डले भने सो विषयमा अध्ययनपछि मात्र कोरोवार खुला गर्ने या नगर्ने निर्णय लिने जनाएको छ । वोर्डले नेप्सेलाई पठाएको पत्रमा आधिकारीक रुपमा मुल्य निर्धारण नगराई वजारलाई प्रभावित पार्ने हिसावले सूचना दिएको कारण कारोवार रोक्न निर्देशन दिएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप