बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

प्ले फर अत्तरिया कपको उपाधि वेष्टर्न स्पोर्टस एकेडेमी ‘ए’ लाई

शनिबार, २९ जेठ २०७३, १५ : २०
शनिबार, २९ जेठ २०७३
कैलाली–कैलालीको अत्तरियामा जारी जगदम्बा टिभीएस प्ले फर अत्तरियाको उपाधी वेष्टर्न स्पोर्टस एकेडेमी ए ले जितेको छ । शुक्रबार सम्पन्न रोमान्चक खेलमा एकेडेमीले ९३ रनको फराकिलो अन्तरले जितेको हो । ऐकेडेमीले टस जितेर ब्याटीङ रोजेको थियो । एकेडेमीका तर्फबाट ओपनिङ ब्याटसमेन सौरब चन्द र महेन्द्र चन्दले ४३ रनको साझेदारी खेलेका थिए । सौरब चन्दले ३२ बलमा ३६ रन बनाएका थिए भने महेन्द्र चन्दले २६ बलमा ११ रनको उत्क्रष्ट पारी खेलेका थिए । अन्तिम ओभरमा आएका सुरेन्द्र सुनारले ११ रन थपेर आफ्नो टिमको लागी १६४ रन पुर्याएका थिए । जबाफमा शशस्त्र प्रहरीको एपिएफको टिमले १६५ रनको लक्ष्य पछायाउने क्रममा फितलो ब्याटिङ प्रस्तुत गरेका थियो । एपिएफ ७२ रनमा समित रही आफ्ना सबै बिकेट गुनाउन पुगेको थियो । एपिएफका तर्फबाट ईन्द्र सिंह बोहराले १५ रनको योगदान गरे भने अरु कुनै ब्याटसम्यान चल्न सकेनन् । उपाधी बिजेता वेष्टर्न स्पोर्टस ए टिमलाई पूर्वमन्त्री लेख राज भट्टले नगद १ लाख ११ हजार १११ रुपैया सहित ट्रफी बितरण गरे । त्यस्तै उपबिजेता एपिएफले ५५ हजार ५५५ रुपैया सहित ट्रफी पायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप