बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

विधेयकले शिक्षालाई गुणस्तरीय बनाउँछ : शिक्षामन्त्री

शनिबार, २९ जेठ २०७३, १७ : २३
शनिबार, २९ जेठ २०७३

भक्तपुर -शिक्षामन्त्री गिरिराजमणि पोखरेलले संसद्ले केही दिन अगाडि पारित गरेको शिक्षा विधेयकले नेपालको शिक्षालाई गुणस्तरीय बनाउन सहयोग मिल्ने बताएका छन् ।

भक्तपुरको सूर्यबिनायक नगरपालिका–११ काक्राबारीस्थित सरस्वती माविको स्वर्णजयन्ती कार्यक्रममा आज बोल्दै उनले शिक्षा विधेयकले शिक्षाको आम मुद्दालाई सम्बोधन गरी समग्र शिक्षाको परिवर्तनलाई टेवा पु¥याउने विश्वास व्यक्त गरे ।

अब शिक्षालाई रोजगारीसँग जोड्नका लागि पारित शिक्षा विधेयकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने चर्चा गर्दै उनले शिक्षालाई अब प्रविधि र रोजगारीमैत्री बनाएर लैजान सरकार कटिवद्ध रहेको उल्लेख गरे । कार्यक्रममा भक्तपुरका निमित्त जिल्ला शिक्षा अधिकारी गोविन्दराज सेढाइँले सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउँदै लानसके सरकारको लक्ष्य पूरा हुने बताए ।

त्यसअवसरमा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक सविता दङ्गालले गाउँगाउँमा रहेका सामुदायिक विद्यालयको विकासमा स्थानीय अभिभावकले चासो बढाउनुपर्नेमा जोड दिए ।

विद्यालयका प्रधानाध्यापक पर्शुराम राईले विद्यालयको प्रगति प्रतिवेदन र भावी योजनाबारे जानकारी दिएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वुद्ध तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै सांस्कृतिक प्रस्तुति र विज्ञान प्रदर्शनी पनि गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप