बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सुरुङ्गामा टिपरको ठक्करबाट बालकको मृत्यु

शनिबार, २९ जेठ २०७३, १७ : २९
शनिबार, २९ जेठ २०७३

झापा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुरुङ्गा सडक–खण्डमा आज टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कनकाई नगरपालिका– ८ निवासी प्रेमप्रसाद गिरीका ८ वर्षीय छोरा स्पर्श रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पैदल हिँडिरहेका बालकलाई पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ३ ख ८६६१ नंको टिपरले ठक्कर दिएको बताइएको छ ।

टिपरको ठक्करबाट गम्भीर घाइते बनेका उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित पूर्ण तुङ्ग बिर्तासिटी हस्पिटल पु¥याइए पनि उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालकलाई ठक्कर दिने टिपर र चालकलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप