बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रियताका पक्षमा कलम चलाउन मन्त्रीको आग्रह

शनिबार, २९ जेठ २०७३, ०८ : ११
शनिबार, २९ जेठ २०७३

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री आनन्दप्रसाद पोखरेलले साहित्यकारले आर्थिक समृद्धि र राष्ट्रियताको संवद्र्धनका लागि कलम चलाउनुपर्ने बताएका छन् ।

सांस्कृतिक संस्थान र फेमकुमारी–डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानले आज यहाँ आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा मन्त्री पोखरेलले लोकतन्त्रको विगुल फुकेर आन्दोलनमा योगदान गर्ने स्रष्टाले अबको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, आर्थिक समृद्धि र राष्ट्रियताको संवद्र्धनका लागि चिन्तनशील हुनुपर्नेमा जोड दिएका हुन् ।

उनले पुनःनिर्माण अभियानमा पनि लेखकका कलमले सघाउनुपर्ने बताए ।

कार्यक्रममा प्राज्ञ गायत्री विष्टको ‘कामरेडको कथा’ (कथा सङ्ग्रह) का लागि ‘फेडोल सिर्जना उत्कृष्ट पुरस्कार’ प्रदान गरियो । सो पुरस्कार रु १० हजार राशिको छ । साहित्यकार राममणि ढुङ्गेलले आफ्ना माता पिताका नाममा प्रतिष्ठान स्थापना गरी पुरस्कार वितरणको परम्परा प्रारम्भ गरेका हुन् । विष्ट बाल साहित्य, कविता, अनुवाद र सम्पादनका साथै साहित्यिक सङ्गठनका क्षेत्रमा पनि कार्यरत छन् ।

कार्यक्रममा समालोचक प्रा राजेन्द्र सुवेदी, डा जीवेन्द्रदेव गिरी र प्राज्ञ सुलोचना मानन्धरले पुरस्कृत व्यक्तित्व विष्टको साहित्यिक योगदानबारे परिचर्चा गरेका थिए । पुरस्कृत विष्टले आफू समाज परिवर्तनका लागि निरन्तर साहित्यमा क्रियाशील रहने प्रण गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप