बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

किन गए लोकमान युरोप ?

शनिबार, २९ जेठ २०७३, २१ : ५९
शनिबार, २९ जेठ २०७३

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की दुई साता लामो सद्भायवना भ्रमणको लागि शनिबार युरोप तर्फ प्रस्थान गरेका छन् । केहि युरोपियन मुलुकका भ्रष्टाचार विरुद्ध कार्यरत सरकारी निकाय र सुशासन तथा विकासका क्षेत्रमा कार्यरत संस्थाका प्रमुखहरुको निमन्त्रणामा कार्की त्यसतर्फ प्रस्थान गरेको अख्तियार  प्रवक्ता कृष्णहरि पुष्करले जानकारी दिए ।

भ्रमण भ्रष्टाचारको प्रकृति र प्रवृत्ति तथा यसको अन्तराष्ट्रिय सञ्जालीकरणलाई निस्तेज पार्ने दिशामा कार्यरत निकायहरुबिच अनुभव आदान प्रदान, समन्वय एवं सहकार्य प्रबर्द्धन गर्नमा केन्द्रित पुष्करले बताए । भ्रमणबाट नेपाल र युरोपियन यूनियन सदस्य राष्ट्रहरुबीचको सम्बन्ध अझ सौहार्दपूर्ण हुने र अन्तरदेशीय भ्रष्टाचार अनुसन्धान र नियन्त्रण प्रभावकारी बन्ने अपेक्षा गरिएको अख्तियारले जनाएको छ । भ्रमणका क्रममा कार्कीले फ्रान्स, ईटाली, मोनाको, पोर्चुगलका साथै संयुक्त अरब ईमिरेट्सकासमेत भ्रष्टाचार नियन्त्रण तथा अनुसन्धान निकायका प्रमुख तथा उच्च पदस्थ सरकारी अधिकारीहरुसँग भेटघाट एवं छलफल गर्ने कार्यक्रम रहेको अख्तियारले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप