बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकी गायिका क्रिस्टिना ग्रिमीको गोलीहानी हत्या

शनिबार, २९ जेठ २०७३, २२ : १४
शनिबार, २९ जेठ २०७३
मियामी - अमेरिकी गायिका क्रिस्टिना ग्रिमीको गोली हानी हत्या गरिएको छ । उनले ओल्र्याण्डोमा कन्सर्ट दिएका बेला एकजना अज्ञात व्यक्तिले गोली चलाएको थियो । ओल्र्याण्डोमा आयोजित कन्सर्टमा गीत गाएर दर्शकलाई अटो दिएको समयमा शुक्रबार गोली लागेकी उनलाई उपचारका लागि अस्पताल पु¥याइएको थियो । उनको शुक्रबार अबेर अस्पतालमै निधन भएको प्रहरीले जानकारी दिएको छ । गोली हानेपछि क्रिस्टिनाका दाजुले उक्त व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा उसले आफैलाई पनि कन्चटमा गोली हानेको थियो । क्रिस्टिनालाई गोली प्रहार गर्ने व्यक्तिको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । ओल्र्याण्डो प्रहरी विभागले आफ्नो ट्वीटर अकाउन्टमार्फत सो जानकारी दिएको छ । अटो लिनखोजेजस्तो गरी एकजना व्यक्ति हिँड्दै उनी रहेको स्थानमा आएको र नजिकै आएर गोली हानेको प्रहरीले जनाएको छ । हत्याको थप विवरण आएको छैन । अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप