बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पक्राउ परेका पत्रकार सायमी साँझ रिहा

शनिबार, २९ जेठ २०७३, २२ : ५१
शनिबार, २९ जेठ २०७३
काठमाडौँ - साहित्यकार एवम् पत्रकार स्नेह सायमीलाई सडक विस्तारको तस्बिर लिएको आरोपमा आज दिउँसो प्रहरीले पक्राउ गरेकोमा साँझ रिहा गरेको छ । काठमाडौँको ढुङ्गेअड्डास्थित सडक विस्तारको तस्बिर र भिडियो खिचिरहेका बेला प्रहरी नायब उपरीक्षक हेमकुमार थापाको आदेशमा प्रहरीले सायमीलाई पक्राउ गरी कालिमाटी वृत्त लगेकोे थियो । सायमीको पक्राउपछि पत्रकारिताका विभिन्न संस्थाका प्रतिनिधि र स्थानीयवासीले विरोध गरेपछि रिहा गरिएको हो । सायमीले आफूलाई पक्राउ गर्नुले मुलुकको मानवअधिकारको अवस्था दयनीय भएको देखाएको प्रतिक्रिया दिए ।रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप