बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मध्यरातमा बेनीमा बाढी : एक सयभन्दा बढी घर तथा पसलमा क्षति

आइतबार, ३० जेठ २०७३, ०७ : ३७
आइतबार, ३० जेठ २०७३

बाबियाचौर (म्याग्दी) - म्याग्दी सदरमुकाम बेनी बजारमा शनिबार राति आएको बाढीले एक सयभन्दा बढी घर तथा पसलमा क्षति पु¥याएको छ ।

बस्तीमाथिको पाखोमा रहेको खोल्साबाट राति ११ बजेतिर आएको बाढी क्याम्पसचोक र मङ्गलाघाटका घरभित्र पसेको हो । लेदो र ढुङ्गासहितको बाढी नाली भरिएपछि फुटेर सडकबाट बग्न थालेपछि घरमा पसेको हो ।

बेनी पाखापानी सडकको आँपरुखखण्डबाट आएको बाढीले निकास पाउन नसकेपछि बजारका घर डुबानमा परेका हुन् । क्याम्पसचोकमा आएको बाढीले शिक्षामार्ग, पीपलचोक, गणेशटोल, सङ्गमचोक र न्युरोडको हुलाकचोक बैंकचोकसम्मका घर प्रभावित भएका छन् ।

मङ्गलाघाटको साइबाबा मन्दिर र तल्लो बजार क्षेत्रका घरमा पनि बाढी पसेको छ । खाद्यान्न, तरकारी, कपडा, सुनचाँदी, मोबाइल, हार्डवयर, मासु पसलका सामान बाढीले भिजेर नष्ट भएको क्याम्पसचोकका बासिन्दा गोविन्द बानियाँले बताए । बाढी नियन्त्रण र व्यवस्थापनमा प्रहरी, सेना र स्थानीयवासी खटेका थिए ।

बाढीको त्रासका कारण बेनी बजारका बासिन्दा रातभर जाग्राम बसेका छन् । ‘सुत्ने तर्खर गरिरहेका बजारवासीहरु एक्कासि ठूलो बाढी आएपछि जाग्राम बसेर रात कटाए’ क्याम्पसचोकस्थित माछापुच्छ«े बैंकका सुरक्षा गार्ड कविराम सुनारले भने ।

घर अगाडिको सडकमा करिब डेढ मिटर माथिसम्म पानी बगीरहेको छ । राति करिब दुई घन्टा लगातार परेको भीषण वर्षासँगै आएको बाढीले पु¥याएको क्षति विवरण आइतबार बिहानदेखि सङ्कलन गरिने प्रहरी निरीक्षक लोकन्द्रसिङ गुरुले बताए।

बेनी पाखापानी सडक निर्माणका क्रममा माटो जथाभावी फाल्नुका साथै सडकको ढल व्यवस्थापनमा ध्यान नदिएकाले क्याम्पसचोक र मङ्गलाघाट बाढीको चपेटामा परेको स्थानीय बासिन्दा मुकुन छन्त्यालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप