बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा लागनी गर्न उपराष्ट्रपति पुनको आग्रह

आइतबार, ३० जेठ २०७३, ०८ : ०३
आइतबार, ३० जेठ २०७३

काठमाडौँ  – चीनको युन्नान प्रान्तीय जनसरकारका गभर्नर चेन हाओले शनिबार चीन भ्रमणमा रहृका उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेट गरेका छन् ।

भेटका अवसरमा दुई पक्षले नेपाल–चीन सहयोगबारे विचार आदानप्रदान गरे ।

सो अवसरमा उपराष्ट्रपति पुनले युन्नान प्रान्तले आर्थिक विकासमा गरेको अप्रत्यासित उपलब्धिको प्रशंसा गर्दै व्यापार तथा आर्थिक सम्बन्ध सुदृढ गर्न चाइना साउथ एसिया एक्सपो आयोजना गरेकोमा प्रान्तीय सरकारलाई धन्यवाद दिएका थिए ।

उपराष्ट्रपति पुनले युन्नानका व्यवसायीलाई नेपालमा ऊर्जा र पूर्वाधारमा लगानी गर्न आमन्त्रण पनि गरे ।

उनले संविधान जारी भएपछि नेपालमा लागानीमैत्री वातावरण बनेको पनि उल्लेख गरे । साथै उहाँले चीनले नेपालमा शान्ति प्रक्रियामा सहयोग गर्नका साथै गत वर्ष भूकम्पपश्चात् तत्काल सहायता पु¥याएको पनि उल्लेख गरे ।

गभर्नर चेनले चीन सरकारले उनको भ्रमणलाई उच्च महत्व दिएको बताउँदै युन्नानले नेपालसँग ऊर्जा, पूर्वाधार, पर्यटन, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा आपसी लाभका लागि सहयोग गर्न चाहेको बताए ।

दुवै पक्षले बेल्ट एण्ड रोड पहलकदमीमा सँगै काम गर्न र आपसी सम्बन्धका अन्य सम्भावना खोजी गर्ने कुरामा जोड दिएका थिए । भेटपछि उपराष्ट्रपति र नेपाली टोलीको सम्मानमा दिवा भोजको आयोजना गरिएको थियो ।

आजै, नेपाली टोलीले युन्नानको ऊर्जा लगानी समूहको भ्रमण गरेको थियो भने कम्पनीले नेपालमा ऊर्जा क्षेत्रमा लगानी गर्न तीव्र इच्छा जाहेर गरेको थियो । उपराष्ट्रपति पुन हिजो साँझ कुन्मिङ आइपुगेका हुन् । उनले आइतबार कुन्मिङमा चाइना साउथ एसिया एक्सपोको उद्घाटनलगायतका कार्यक्रममा सम्बोधन गर्नुहुने बेइजिङस्थित नेपाली राजदूतावासले आज एक विज्ञिप्त प्रकाशित गरी जनाएको छ । त्यसपछि उनीसँग चीनका उपप्रधानमन्त्री वाङ याङले पनि भेट गर्नेछन् ।

उपराष्ट्रपतिसँगै उनकी पत्नी हस्तमाली पुनमगर, उपराष्ट्रपति कार्यालयका सचिव राजेन्द्रकिशोर क्षेत्री, उनका स्वकीय सचिव शुकबहादुर रोका, चीनका लागि कार्यबाहक राजदूत निर्मलराज काफ्ले र उपराष्ट्र्रपतिका प्रेस संयोजक मनोज घर्तीसहितको चौध सदस्यीय टोली रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप