बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मध्यरातमा बाढी बस्तीमा पस्यो

आइतबार, ३० जेठ २०७३, ०८ : ०८
आइतबार, ३० जेठ २०७३

म्याग्दी–शनिबार राती भएको अविरल वर्षासंगै आएको बाढीले यहाँस्थित क्याम्पसचोक पुनः डुवानमा परेको छ । रातको १० बजेपछि झन्डै साढे १ घण्टासम्म भारी वर्षा हुँदा क्याम्पसमा बाढी पसेको थियो । बाढीका कारण ५० भन्दा धेरै घर प्रभावित बनेका छन भने कति क्षति भएको छ भन्ने एकिन गर्न सकिएको छैन । अविरल वर्षाले बेनीबजार भन्दा मािथ बाट आएको लेदो सहितको बाढी बस्तीमा पसेको हो । बाढी आएपछि क्याम्पसचोक २ फिट देखि ७ फिटसम्म डुवानमा परेको छ । गत वर्षपनि क्याम्पसचोकमा आएको बाढीले लाखौको क्षति बनाएको थियो । बाढी पसेपछि क्याम्पसचोकमा रहेको सुनचाँदी ढुकान, पुस्तक पसल, कस्मेटी पसल, फेन्सी, फ्रेस हाउस, शैलुन लगायतका पसलहरुमा क्षति पुगेको छ । यसैगरि सोही बाढीले कालीपुल क्षेत्रमा समेत क्षति पु¥याएको छ । भारी मात्रामा बर्षा हुँदा मंगलाघाट क्षेत्रमा समेत असर पुगेको छ । एक्कासी परेको वर्षाले जिल्लाका अन्य विभिन्न स्थानमा क्षति पुग्न सक्ने अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप