बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

गगन थापा अमेरिका आउने 

आइतबार, ३० जेठ २०७३, ०८ : १३
आइतबार, ३० जेठ २०७३
 
वाशिंगटन डिसी -आगामी जुलाई १ देखि ४ सम्म अमेरिकाको एटलांटा जर्जियामा हुने नेपाल फोरम नामक कार्यक्रमको लागि गगन थापालगायतका  व्यक्तिहरु वक्ताको रुपमा  आउने भएका छन् l 
 
दि एसोसिएसन अफ नेपलिज इन अमेरिका(एएनए)को सम्मेलनको दोश्रो दिन हुने  नेपाल फोरम नामक कार्यक्रमको लागि  गगन थापा तथा  कांग्रेसका केन्द्रीय सदस्य युवा नेता प्रदिप पौडेलले सहभागिता जनाउने पक्का भएको छ l 
 
यसै गरि संविधानसभाका नेकपा एमालेका सभासद तथा नेकपा एमाले का केन्द्रिय सदस्य रबिन्द्र प्रसाद अधिकारी पनि उक्त कार्यक्रमको लागि वक्ताको रुपमा आउने निश्चित भएको छ l
 
नेपाल फोरम कार्यक्रम जुलाई २ मा हुने मिति तय भै सकेको छ भने उक्त नेपाल फोरम कार्यक्रम संचालन स्वयम् अध्यक्ष रोजर अधिकारी तथा डा अनुप श्रीवास्तवले सयुक्त रुपमा गर्ने छन् l
 
यसपालीको एएनए सम्मेलनको नेपाल फोरम कार्यक्रममा नेपालका राजनीतिज्ञ ,पत्रकार तथा ब्यापारीहरुको प्रतिनिधित्व हुनेछ भने वक्ताहरुले नेपालको स्वरुप तथा विकासका लागि दृष्टि सम्बन्धि प्रकाश पार्ने छन l
 
यस पालीको नेपाल मंच(फोरम)कार्यक्रममा आर्थिक विकासको लागि केन्द्रित हुने छ  l नेपाल फोरम कार्यक्रम झन्डै दुई दशक देखि एएनएले गर्दै आएको छ भने बिगत ३-४ बर्ष यता उक्त कार्यक्रम संचालन नागिएको भएता पनि आगामी सम्मेलनमा यस्ता महत्वपूर्ण कार्यक्रमलाई निरन्तरता दिने भएको छ l
 
डिसी महानगर क्षेत्रमा स्थापित ईनेपलिजले नेपाल फोरमको भिडियो ,समाचार ,प्रचार प्रसार तथा प्रसारण समेतमा प्रत्यक्ष सहभागिता तथा सहयोग पुर्याउने भएको छ l

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप