व्यवसायिक अचारण पालना नगर्ने धितोपत्र व्यवसायीलाई जरिवाना
आइतबार, ०७ माघ २०७४, १७ : १३
काठमाडौं– नेपाल धितोपत्र बोर्डले व्यवसायिक आचरण पालना नगरेको भन्दै धितोपत्र दलाल व्यवसायी प्रज्ञान सेक्यूरिटिज प्रा.लिलाई कारवाही गरेको छ ।
सो संस्थाले २०७३ चैत्र देखि विराटनगरमा शाखा कार्यालय स्थापन गरी कारोबार गर्दे आइरहेकोमा उक्त शाखाका शाखाका प्रमुखले मिति गत जेठ ४ गते सिभिल बैंकको साधारण सभा अगावै शेयर किन्न आव्हान गर्दै भाइवरमा म्यासेज गरेका थिए । जुन विषयमा बोर्डमा उजुरी परेको थियो ।
उजुरीपछि नेपाल धितोपत्र बोर्डले गरेको छानवीनका क्रममा सो संस्थाल व्यवसायिक आचरण कायम गराउन नसकेको र व्यवसायिक स्तर कायम गरेको नदेखिएकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (७) बमोजिम बोर्डले ७५ हजार रुपैयाँ आर्थिक जरिवाना गरेको हो ।