बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

फाब्राले गरे एकै खेलमा दुई टोलीका लागि गोल, कोलम्बिया पराजित

आइतबार, ३० जेठ २०७३, ०९ : ०५
आइतबार, ३० जेठ २०७३

टेक्सस – कोलम्बिया फ्रांक फाब्रा पलासियोसले आफ्नो र विपक्षी टोली दुवैका लागि गोल गरेपछि कोलम्बिया पराजित बनेको छ । आइतबार सम्पन्न खेलमा कोलम्बिया २–३ गोलअन्तरले पराजित बन्यो ।

टेक्सासमा भएको खेलको दोस्रो मिनेटमा नै जोनास भेनेगासको गोलको मद्दतले कोस्टारिकाले अग्रता लिएको छ । तर पलासियोसले त्यसको चार मिनेटपछि नै गोल गर्दै कोलम्बियालाई खेलमा फर्काए ।

तर, खेलको ३४ औं मिनेटमा पलासियोसले आत्मघाती गोल गरेपछि कोस्टारिकाले अप्रत्यासित रुपमा अग्रता लिएको थियो ।

यसअघि नै क्वाटरफाइनलमा प्रवेश गरेको कोलम्बियाले स्टार खेलाडी हामेज रोड्रिग्वेजलाई आराम दिएको थियो । खेलको दोस्रो हाफमा उनी मैदानमा प्रवेश गरे पनि सेल्सो बोरगेसले गोल गर्दै कोस्टारिकाको अग्रता दोब्बर बनाए । त्यसपछि कोलम्बियाका लागि मार्लोस मोरेनोले गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

यसअघि पाराग्वे र अमेरिकालाई पराजित गर्दै कोलम्बिया क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

उता, आयोजक अमेरिकाले पाराग्वेलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलमा एक मात्र गोल क्लिन्ट डेम्पसेले गरे ।

जीतसँगै गोलअन्तरको आधारमा कोलम्बियालाई उछिन्दै अमेरिका समूह ए को शीर्ष स्थानमा उक्लेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप