बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नारायणगढ–मुग्लिन सडक अवरुद्ध, सात ठाउँमा पहिरो खस्यो

आइतबार, ३० जेठ २०७३, १० : २३
आइतबार, ३० जेठ २०७३

चितवन - नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेदेखि कालीखोलासम्मको भागमा ठाउँठाउँमा पहिरो खसेपछि आज बिहानबाट सडक अवरुद्ध बनेको छ ।

सो सडक विस्तार गरिरहेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार बिहान ४ः३० बजेबाट पहिरोका कारण सडक अवरुद्ध बनेको हो । जलवीरेदेखि कालीखोलासम्मको पाँच किलोमिटर भागमा सात ठाउँमा पहिरो खसेको छ । जसमध्ये जलवीरेमा ठूलो पहिरो खसेको खनालले बताए ।

पहिरो पन्छाउने काम बिहानबाट सुरु भएको बताउँदै उनले पहिरो धेरै खसेकाले कम्तीमा दुई घन्टा सडक सञ्चालन गर्न समय लाग्नेसमेत बताए । जलवीरे नारायणगढबाट मुग्लिनतर्फ ३२ किमी दूरीमा पर्दछ ।

सो क्षेत्रमा सडक विस्तारका क्रममा भित्तो काट्ने काम भइरहेको छ । काटिएको भित्तो वर्षात्का कारण झर्ने भएकाले पटक पटक पहिरो खस्ने गरेको छ । पहिरोका कारण सडकको दुवैतर्फ गाडीको लाम लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप