बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

आइतबार, ३० जेठ २०७३, १० : २५
आइतबार, ३० जेठ २०७३

लहान - पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित सडकमा गएराति ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना५ख ३२१६ नंको ट्रक आफै अनियन्त्रित भई साइकललाई ठक्कर दिँदा साइकलमा सवार नाम, थर र ठेगाना खुल्न नसकेका एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्रीलाई उपचारका लागि विराटनगरस्थित न्युरो पु¥याएकामा उनको उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय, मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।

ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यालय, मिर्चैयाको नियन्त्रणमा रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप