बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

रंगशालामा नयाँ शक्तिको रेडकार्पेट, स्वयंसेवक ‘मेन इन ब्ल्याक’ (फोटोफिचर)

आइतबार, ३० जेठ २०७३, १० : ४८
आइतबार, ३० जेठ २०७३

काठमाडौं – नयाँ शक्ति नेपालको पार्टी घोषणा सभा आज राजधानीमा हुँदैछ । दिउँसो १२ बजेदेखि हुने कार्यक्रमको तयारी लगभग पूरा भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्टेज तयार भइसकेको छ । पाहुनाका लागि ५ सयवटा कुर्सीहरु राखिएका छन् भने उनीहरुको स्वागतका लागि रेड कार्पेट बिच्छाइएको छ ।

सभास्थल प्रविधियुक्त बनाइएको छ । रंगशालाभित्र ठूला स्क्रिनमा डिस्पे राखिएको छ भने बाहिर गेटमा पनि स्क्रिन राखिएको छ ।

स्वयंसेवकहरु पनि कालो कोट र प्यान्टमा रहेका छन् ।

आज बिहान परेको पानी र हुरीले केही झण्डाहरु उडाएपनि ठूलो क्षति हुन पाएन ।

कार्यक्रमअघि चार स्थानबाट र्याली निक्लिने छ भने कार्यक्रमको संचालन करिष्मा मानान्धर र पासाङ शेर्पाले गर्दैछन् ।

अध्यक्षता नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई आफैले गर्नेछन् भने स्वागत मन्तव्य रामचन्द्र झाले दिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप