बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

इक्यान मेलामा ५२ हजार अबलोकनकर्ता

आइतबार, ३० जेठ २०७३, ११ : १४
आइतबार, ३० जेठ २०७३

काठमाडौं–नेपाल शैक्षिक परामर्श संघ इक्यानको १० औ शैक्षिक मेलाको दोस्रो दिन शनिबार करिब ५२ हजार जनाले अबलोकन गरेका छन् । राजधानीको भृकुटिमण्डपमा सञ्चालन भइरहेको मेलामा बिद्यार्थी तथा अविभावकको उल्लेख्य सहभागीता रहेको जनाइएको छ । बिभिन्न देशका बिश्वबिद्यालयका प्रतिनिधिको समेत प्रत्यक्ष संलग्नता रहेको यो मेलामा राष्ट्रिय तथा अन्तराष्ट्रिय परामर्शदाताहरुका स्टलहरु रहेका छन् । नेपाल बाट बिषेश गरि अष्ट्रेलिया, भारत, अमेरिका, बंगलादेश , न्युजील्याण्ड, बेलायत र युरोपका बिभिन्न देशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने बिधार्थीहरुलाई परामर्श दिने दाताहरुको एकिकृत केन्द्रका रुपमा यो मेला आयोजना भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप