बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

'नो ट्राफिक जाम' : फुटपाथमा नयाँ शक्तिको जुलुस !

आइतबार, ३० जेठ २०७३, १२ : १६
आइतबार, ३० जेठ २०७३

काठमाडौं – नयाँ शक्ति नेपालले आज राजधानीमा १ लाख मानिस उतार्ने दाबी गर्दै आफूहरुले गर्ने र्यालीले सडक आवागमन अबरुद्ध नगर्ने प्रतिबद्धता जनाएको थियो । त्यसैअनुरुप आज नयाँ शक्तिले प्रतिबद्धतालाई पूरा गर्दै फुटपाथबाट र्यालीको आयोजना गरेको छ ।

ट्राफिक व्यवस्थापनका लागि नयाँ शक्तिले पूर्वट्राफिक प्रहरी प्रमुख गणेश राईलाई संयोजन गर्ने जिम्मा दिएको छ ।

अन्य दलहरुले सडकको बीचबाट र्याली गर्दै राजधानीमा ट्राफिक जाम हुने गर्दथ्यो ।

नयाँ शक्तिले राजधानीका विभिन्न स्थानबाट र्यावलीको आयोजना गरेको छ । कुपण्डोल, बबरमहल, कालिमाटी र रत्नपार्कबाट निस्कने जुलुस दशरथ रंगशालामा पुगेर सभामा परिणत हुनेछ ।

बिजुलीबजारबाट महेन्द्र पासवान, रत्नपार्कबाट पासाङ शेर्पा, कुपन्डोलबाट हिसिला यमी र कालीमाटीबाट वामदेव क्षेत्रीको नेतृत्वमा र्याली निकालिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप