बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ नयाँ शक्तिको घोषणासभा सञ्चालन विधि

आइतबार, ३० जेठ २०७३, १२ : ५५
आइतबार, ३० जेठ २०७३

काठमाडौं– आइतबार दिउँसो नयाँ शक्ति नेपाल पार्टी औपचारिक रुपमा घोषणा गरिँदैछ । त्यसका लागि राजधानीको दशरथ रंगशालामा नेता कार्यकर्ता र आमन्त्रित अतिथिहरु जाने क्रम सुरु भइसकेको छ । घोषणासभाको कार्यक्रम करिष्मा मानन्धर र पासाङ शेर्पाले गर्नेछन् । पहिलो चरणको कार्यक्रम सञ्चालन मानन्धरले गर्नेछिन्् भने दोस्रो चरणको कार्यक्रम शेर्पाले गर्नेछन् । पहिलो चरणको कार्यक्रममा अतिथिको उपस्थिति घोषण र स्वागत, मौनधारण, राष्ट्रिय गाउँने, पार्टी घोषणा, पार्टी घोषणा उत्सव, सपथ ग्रहण, स्वागत गीत र स्वागत मन्तब्य हुनेछन् । यस्तै दोस्रो चरणमा शुभकामना मन्तब्य हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप