बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मैदानमै छिर्न नपाएको बारे सुवारेजको बयान – मन थाम्न नसकेर बेन्चबाटै रिस पोख

आइतबार, ३० जेठ २०७३, १३ : ३९
आइतबार, ३० जेठ २०७३

क्यालिफोर्निया – कोपा अमेरिका सेन्टेनारियोबाट उरुग्वे बाहिरिएपछि निकै रुष्ट देखिएका लुईस सुआरेजले आफू रिसाउनुको कारण खोलेका छन् । उनले टोली बाहिरिएका कारण आफू रिसाएको तर खेल्न नपाउँदा कुनै गुनासो नरहेको बताएका छन् । यसअघि प्रशिक्षकले मैदानमा नउतारेका कारण सुआरेज रिसाएका थिए । कोपा अमेरिकामा सुरुआती दुई खेल हारेर उरुग्वे प्रतियोगिताबाट बाहिरिइसकेको छ । तर दुबै खेलमा सुआरेज बेन्चमै थिए ।

भेनेजुयला विरुद्ध उरुग्वे १–० ले पराजित भएको खेलमा सुआरेज निकै रुस्ट देखिएका थिए । ह्यामस्ट्रिङको चोटका कारण उनले कोपा अमेरिकाका सुरुआती दुई खेल खेल्न पाएनन् ।

यस विषयमा सुआरेजले भनेका छन्–‘म धेरै कुराहरु स्पष्ट पार्न चाहन्छु । बाहिर हल्ला भएका सबै कुरा साँचो होइनन् । म आफैँ फिट थिइँन । केवल ९० प्रतिशत पनि ठीक थिइन । त्यसैले प्रशिक्षक र अन्य कोचिङ स्टाफले जे गरेको राम्रो गरे ।’

उनले टोली पहिलो चरणबाटै बाहिरिदाँ भने आफ्नो मन थाम्न नसकेको बताएका छन् । ‘मन थाम्न नसकेर बेन्चबाटै रिस पोखेँ । तर म केही गर्न सक्ने अवस्थामा थिइन ।’ सुआरेजले अर्जेन्टिना उपाधीको प्रमुख दाबेदार रहेको बताए ।

‘ बार्सीलोनाबाट खेल्ने मेरा सहकर्मी लियो मेसी र जाभियर हर्नान्डेज उपाधीका लागि लायक छन् । ब्राजिल पनि राम्रो छ । तर ब्राजिलले अन्य प्रतिस्पर्धीसँग कस्तो खेल्छ त्यसले फरक पार्छ ।’– सुआरेजले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप