बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

किताब पढेको भन्दै गड एन्जलका कार्यकर्ताद्वारा ज्यान मार्ने धम्की

आइतबार, ३० जेठ २०७३, १३ : ४२
आइतबार, ३० जेठ २०७३

संखुवासभा– गड होइन ठग एन्जल नामक पुस्तक पढेको भन्दै बाहिङ किरात मुलुखिम संखुवासभा जिल्ला अध्यक्ष बुद्धिबहादुर बाहिङलगात कार्यसमितिसम्बद्धलाई धम्कीपूर्ण व्यवहार गरेकोमा बाहिङ किरात मुलुखिम केन्द्रीय कार्यसमितिले कथित गड एन्जल उर्फ भक्तकुमार राईका अनुयायीलाई कारबारही माग गरेको छ ।

पत्रकार भद्रगोल किरातीद्वारा लिखित गड होइन ठग एन्जल पुस्तक पढेको भन्दै कथित गड एन्जलका अनुयायीले ज्यान मार्ने धम्की दिँदै उनीहरूको घर खानतलासी गरेको थियो ।

किरात धर्मको नाममा किराती संस्कारलाई नामेट पार्ने कथित गड एन्जलले खिचडीजस्तै गरी पकाएको ‘किनुवा धर्म’को प्रचार–प्रसार गर्दासमेत राज्यले चासो नदिएकोमा बाहिङ किरात मुलुखिम केन्द्रीय कार्यसमितिले दुःख व्यक्त गरेको छ ।

नेपालको संविधान २०७२ मा कुनै पनि धर्म प्रचार–प्रसार गर्न पाइने छैन भनी व्यवस्था उल्लेख भए पनि कथित गड एन्जलका अनुयायीले संविधानको धज्जी उडाइरहेको उसले आरोप लगाएको छ । तसर्थ, उनका अनुयायीलाई तत्काल कानुनी कारबाहीको माग गरिएको छ । कारबाही नगरिए कथित गड एन्जलको धर्म अतिक्रमणको डटेर सामना गर्ने बाहिङ किरात मुलुखिम केन्द्रीय कार्यसमितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप