बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

धमाधम गाभिदै बैंक : विकास बैंक अगाडी

आइतबार, ३० जेठ २०७३, १३ : ५५
आइतबार, ३० जेठ २०७३

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई चुक्ता पूँजी वृद्धिका लागि गरेको नयाँ व्यवस्थाअनुसार यतिवेला वित्तीय संस्थाहरु धमाधम एक आपसमा गाभिन थालेका छन् । राष्ट्र बैंकले ‘फोर्स मर्जर’ कै अवधारण लिएर बैंक तथा वित्तीय संस्थालाई चुक्ता पुँजी बढाउनु पर्ने व्यवस्था गरेकाले एकपछि अर्को गर्दै बैंक तथा वित्तीय संस्था गाभिन (मर्ज) थालेका हुन् । यसमा सवैभन्दा अगाडी विकास बैंकहरु देखिएका छन् ।

केन्द्रिय बैंकको नीति अनुसार अगामी ०७४ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्था ४ देखि २५ गुणासम्म चुक्ता पुँजी वृद्धि गर्नुपर्ने हुन्छ । यो वाध्यकारी व्यवस्था पुरा गर्नेमा सवैभन्दा अगाडी विकास बैंकहरु देखिएका हुन् । भर्खरै मात्र शाइन रेसुङगा डेभलपमेन्ट बैंकसंग गौमुखि विकास बैंक मर्ज भइसकेको छ । दुई बैंक मर्जपछि शाइन रेसुङगा डेभलपमेन्ट बैंककै नाममा एकीकृत कारोवार सुरु भइसकेको छ । १० जिल्लामा कार्यक्षेत्र रहेको यो बैंकको मर्जपछि २६ शाखा र चुक्ता पुँजी ८६ करोड ८४ लाख पुगेको छ । यस्तै, निक्षेप ८ अर्व ४ करोड, कर्जा लगानी ७ अर्व २४ करोड पुगेको छ । बैंकले अव राष्ट्र बैंकको नीति अनुसार थप १ अर्व २० करोड चुक्ता पुँजी पु¥याउन भने बोनस सेयर साथ लिने भएको छ ।

चुक्ता पुँजी वृद्धिकै लागि काष्टमण्डप डेभलपमेन्ट बैंकले महाकालि विकास बैंकपछि पश्चिमाञ्चल फाइनान्स खरिद गरेको छ । राष्ट्रिय स्तरको विकास बैंक वन्न २ अर्व ५० करोड चुक्ता पुँजी आवश्यक भएकाले काष्टमण्डपले पनि पुँजी वृद्धिमा जोड दिएको हो । केही दिन अघि मात्र कामना विकास बैंक र कास्की फाइनान्स पनि मर्ज हुने सम्झौता भइसकेको छ । राष्ट्रिय स्तरको विकास बैंक वन्ने योजनामा रहेको कामनाले कास्की फाइनान्ससँग मर्ज गरेपछि आफ्नो लक्ष्य विस्तारै पुरा हुँदै जाने जनाएको छ । कामनाको ३४ करोड ११ लाख चुक्ता पुँजी छ भने कास्कीको ३३ लाख २५ करोड छ ।

भर्खरै मात्र सिद्धार्थ डेभलपमेन्ट बैंकले एकता विकास बैंक र नेपाल आवास फाइनान्ससँग एक आपसमा गाभिए (मर्ज) पछि शुक्रवारवाट एकीकृत कारोवार सुरु गरिसकेको छ । सिद्धार्थ डेभलपमेन्ट बैंकले अन्य दुई वित्तीय संस्थासँग मर्ज भएपछि चुक्ता पुँजी १ अर्व १४ करोड रुपैयाँ पु¥याएको छ । यस्तै, बैंकका ३३ शाखा कार्यालय, १२ अर्व रुपैयाँ निक्षेप, १० अर्व कर्जा लगानी रहेको छ । राष्ट्र बैंकले पुँजी वढाउन सवैभन्दा उत्तम विकल्प मर्जर नै रहेको वताइरहदा सिद्धार्थले दुई संस्थासँग मर्ज गरेर राष्ट्र बैंकको व्यवस्थालाई कार्यान्वयन गरेको हो ।

यस्तै, राष्ट्र बैंकको नीति अनुसार चुक्ता पुँजी वृद्धिकै लागि प्राइम कमर्सियल बैंकले विराटलक्ष्मी र कन्ट्री डेभलपमेन्ट बैंक किनेको छ । ४२ करोड चुक्ता पुँजी भएको विराटलक्ष्मी र ३३ करोड चुक्ता पुँजी भएको कन्ट्र डेभलपमेन्ट बैंक खरिदपछि प्राइमले पनि आफ्नो चुक्ता पुँजी वढाउन सहयोग पुग्ने जनाएको छ । वाणिज्य बैकहरुले मर्जभन्दा पनि हकप्रद र वोनस सेयरमा जोड दिइरहेका समयमा विकास बैंक भने मर्जरमा जानुले वित्तीय स्थायीत्वमा सहयोग पुग्ने पनि बैंककरहरु वताउँछन् । डेभलपमेन्ट बैंक एसोसिएसनका अध्यक्ष कृष्णराज लामिछाने बैंक तथा वित्तीय संस्थाको स्थायीत्वका लागि मर्जर सवैभन्दा प्रभावकारी हुने भएकाले विकास बैंकहरु अव स्थायीत्वमा जोड दिन थालेको बताउँछन् । सुरुमा राष्ट्र बैंकको नीतिको विरोध जनाएपनि अहिले आफुहरुलाई समेत यो व्यवस्था ठीक लाग्न थालेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप