बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सरकार नै फेर्ने तयारी भइरहँदा के को मन्त्री फेर्ने ? : प्रवक्ता भुसाल

आइतबार, ३० जेठ २०७३, १४ : ०१
आइतबार, ३० जेठ २०७३

भक्तपुर - नेकपा माओबादी केन्द्रका प्रवक्ता पम्फा भुसालले सरकार फेर्ने तयारी भइरहेको अहिलेको अवस्थामा माओवादी मन्त्रीहरुको परिर्वतनको हल्ला मात्र भएको दाबी गरेकी छिन् ।

रफत सञ्चार क्लबले आइतबार आयोजना गरेको साक्षतकार कार्यक्रममा भुसालले भनिन् ‘हाल आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता होइन बरु नेकपा माओवादी केन्द्रको नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार निर्माणको गहृकार्य हुदैछ’ ।

‘मधेश अन्दोलनका जायज मागलाई सम्बोधन गर्दैै उनीहरुलाई राष्ट्रिय सरकारमा सामेल गर्नुपर्दछ,’ प्रवक्ता भुसालले थनिन् ।

फरक प्रशंगमा उनले विभिन्न फुटबाट एक जुट भएको माओबादी केन्द्रमा ढिला चाँडै भए पनि किरण, बाबुराम, बिप्लब लगायताका नेताहरु एकता गर्न आउने विश्वाससमेत व्यक्त गरेकी छिन् ।

‘आफ्नो पहिचान देखाउने गरिने बाबुरामले शक्ति प्रदर्शन गर्नु कुनै नौलो कुरा होइन्,’ उनले भनिन् ।

माओबादीलाई चट्कै छाडेर जानुको साट्टा माआवादीमै समाहित भएर बाबुराम, बिप्लबले आफ्नो जिम्मेवारी लिएर काम गर्दा सबैको लागि हित हुने नेता भुसालको भनाई रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप