बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

होटलबाट कामदार बनाइएका तीन बालकको उद्धार

आइतबार, ३० जेठ २०७३, १० : ३३
आइतबार, ३० जेठ २०७३
दोलखा – होटलमा साना साना बालबालिकालाई प्रयोग गरी काम लगाएको जनाउँदै यहाँका तीन होटलबाट तीन बालमजदुरको उद्धार गरिएको छ । उद्धार भएकामा होटल गौरी होराइजन, चरीकोट चरीघ्याङबाट १४ वर्षीय तुलामान थामी, रेसिका मिठाइ चाट भण्डार बीचबजारबाट १४ वर्षीय चन्द्र नेवार र होटल जेनियल चरीघ्याङबाट १२ वर्षीय तुलमान थामी छन् । उनीहरु सबैको घर कालिञ्चोक गाविस रहेको बताइएको छ । उनीहरुको उद्धारका लागि महिला तथा बालबालिका कार्यालय, जिल्ला प्रहरी कार्यालय, प्लान इन्टरनेसलन नेपाल लगायत सङ्घसस्थाको सहभागिता थियो । उद्धार गरिएका बालबालिकालाई केही दिनका लागि गैरसरकारी संस्थाले राख्ने प्लान नेपालका प्रमिला अधिकारीले जनकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप