बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

४८ वर्षपछि नवलपरासीका भूमिहीनलाई जग्गाधनीपुर्जा

आइतबार, ३० जेठ २०७३, १५ : ३९
आइतबार, ३० जेठ २०७३

नवलपरासी - बसोबास गरेको ४८ वर्षपछि भुजहवा, रामपुर खडौना र ठूलो खरेटवा गाविसका भूमिहीनले जग्गाधनीपुर्जा पाएका छन् ।

तीन गाविसका एक हजार दुई सय घरधुरीले गाउँ ब्लक घरघडेरीको जग्गाधनीपुर्जा प्राप्त गरेका हुन् । लामो समयदेखि बसोवास गर्दैआएको आधारमा जग्गाधनीपुर्जा दिइएको नापी कार्यालय परासीका प्रमुख नापी अधिकृत सुग्रीव यादवले बताए।

भूमिहीनलाई भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले आज जग्गाधनीपुर्जा वितरण गरेका थिए ।

झोलुङ्गे पुल निर्माण

अमरौट– ५ स्थित तुरिया खोलामा झोलुङ्गे पुल बनेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको करिब रु ७५ लाखको लागतमा पुल निर्माण भएको हो ।

उत्तरायण्ड टोलमा अमरौट र सुनवल जोड्ने गरी निर्मित पुलबाट प्रत्यक्ष रुपमा सुनवल, अमरौट र बन्जरिया क्षेत्रका करिब ५० हजार जनसङ्ख्या लाभान्वित हुने अपेक्षा गरिएको छ ।

पुलको चालु आव २०७२÷०७३ मा निर्माण सुरु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप