बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ट्रयाक्टरद्वारा मोटरसाइकललाई ठक्कर, घाइतेको उपचारको क्रममा मृत्यु

आइतबार, ३० जेठ २०७३, ०८ : ४९
आइतबार, ३० जेठ २०७३

दाङ – तुलसीपुर–घोराही सडक खण्डको हात्तीखौवा नजिक आज बिहान भएको दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ ।

मोटरसाइकल चालक तुलसीपुर–६ मोतीपुर निवासी १९ वर्षीय विदुर भण्डारीको उपचारका क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

उक्त दुर्घटनामा परी मोटरसाइकलमा सवार मोतीपुरकै २२ वर्षीय निमबहादुर दमार्इं र २४ वर्षीय डम्मर दमाईंको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जनाएका छन् ।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा।१ त १४१० नंको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको बा ३९ प ७२३१ नंको मोटरसाइकलाई आज बिहान ९ बजेतिर ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जना घाइते भएकामा चालक भण्डारीको उपचारका क्रममा मृत्यु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप