बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पर्यटक र ट्यालेन्ट सो पनि बाल यौन शोषणको कारण !

आइतबार, ३० जेठ २०७३, १६ : १०
आइतबार, ३० जेठ २०७३
काठमाडौँ – नेपाल भ्रमणमा आउने विदेशी पर्यटकका कारण नेपालमा पनि बालबालिका यौन शोषणमा पर्ने गरेको पाइएको छ । सिविन नेपाल, शक्ति समूह र माइती नेपालद्वारा आज यहाँ सार्वजनिक गरिएको ‘विश्व यात्रा तथा पर्यटनमा बाल यौन तथा शोषण प्रतिवेदन’ मा यो तथ्य औँल्याइएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले १८ वर्ष मुनिका बालबालिकालाई यौन दुव्र्यवहार हुन नदिन ऐन बनाई सोही अनुरुप पर्यटनको क्षेत्रमा आचारसंहिता लागू गर्न आफू प्रतिबद्ध रहेको बताए । “बालबालिकामाथि कुनै शोषण हुन नदिन पर्यटन व्यवसाय क्षेत्रमा आचारसंहिता लागू गर्न सकिन्छ, टे«किङमा जाने पर्यटकलाई एक जना भरिया वा गाइड पठाउन सकियो भने पनि त्यस्तो दुव्र्यवहारमा कमी आउन सक्छ”, मन्त्री पोखरेलले भने । प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त शक्ति समूहका अध्यक्ष चरिमाया तामाङले प्रत्यक्ष रुपमा नदेखिए पनि पर्यटकका कारण बालबालिकाको यौन शोषण हुने गरेको बताए । नेपाल बाल मजदुर सरोकार केन्द्र सिविनका अध्यक्ष माधव प्रधानले विदेशी आएर मात्र नभई नेपालमै पनि ‘ट्यालेन्ट सो’ जस्ता कार्यक्रमका लागि एक ठाउँबाट अर्को ठाउँमा लैजाने क्रममा पनि बालबालिका यौन शोषणमा पर्ने गरेको अनुभव सुनाए । प्रतिवेदनबारे जानकारी दिँदै सिविनका कार्यकारी निर्देशक सुम्निमा तुलाधरले बालबालिकाको प्रत्यक्ष मात्र नभई इन्टरनेट र मोबाइलबाट पनि यौन शोषण हुने गरेको बताए । नेपाल दूर सञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले साइबर सुरक्षा नीति ल्याएर बालबालिकामाथि हुने दुव्र्यवहार रोक्न सकिने जानकारी दिए । विभिन्न ६७ वटा सङ्घसंस्थाको पहलमा विश्वका सबै महाद्वीपलाई समेटेर गरिएको विश्व सर्भेक्षणमा दक्षिण एसियाका बङ्गलादेश र भारतलाई सामेल गरिएको थियो । प्रतिवेदनमा उल्लेख भएअनुसार नेपाल पनि जोखिममा रहेको छ । नेपालमा पहिला–पहिला पश्चिमा र धनीबाट दुव्र्यहार हुने गरेको पाइएको भए पनि अहिले जुनजुकै समयमा जहाँ पनि दुव्र्यवहार हुने सक्ने प्रतिवेदनले देखाएको छ । त्यस्तै पहिला धार्मिक पर्यटनबाट दुव्र्यवहार हुँदैन भन्ने थियो तर अहिले धार्मिक पर्यटनबाट पनि यौन दुव्र्यहार हुने गरेको पाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप