बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

विद्यालयको चर्पीमा झुण्डिएर विद्यार्थीद्वारा आत्महत्या

आइतबार, ३० जेठ २०७३, १६ : ५०
आइतबार, ३० जेठ २०७३

काठमाडौँ - नेपाल मोडल स्कुल बसुन्धरामा अध्ययनरत सुशान्त मैनालीले आज आत्महत्या गरेका छन् ।

नेपाल मोडल स्कुल बसुन्धरामा कक्षा १० मा अध्ययनरत १६ वर्षीय मैनालीलाई एक तलामाथि रहेको विद्यालयको चर्पीमा झुन्डिएको अवस्थामा फेला पारिएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए ।

केही वर्षदेखि होस्टलमा बस्दै आएका काभ्रेपलाञ्चोकका मैनाली आज बिहान ९ बजे खाना खाने बेलामा चर्पीमा छिरेको र त्यसै समयमा आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप